संयन्त्रको अभ्यासमा समस्या भए खारेज गर्न सुझाव सूर्य  थापाको सुझाव

डिसी नेपाल
२२ वैशाख २०८२ १३:१७
300
Shares

काठमाडाैं। नेकपा एमालेका सांसद सूर्य  थापाले सत्तासाझेदारबीच संयन्त्रको अभ्यासमा समस्या भए खारेज गर्न सुझाव दिएका छन्।

सोमबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै थापाले लोकप्रियताका लागि सत्तासाझेदार दलका नेताहरुले नै सरकारबिरुद्ध वक्तव्यवाजी गरेको देखिएको भन्दै सत्तासाझेदारबीच संयन्त्रको अभ्यासमा समस्या भए खारेज वा बिघटन गर्न सुझाव दिए। तर अस्थिरतालाई मलजल हुने काम सत्तासाझेदारभित्र रहेका कसैले पनि गर्न नहुने उनले बताए।

उनले अहिले सत्तागठबन्धनको बिपतिमा कुनै काम नभएको दावी गर्दै सरकार एमालेकरण भयो भन्नु गलत भएको उल्लेख गरे। त्यस्तै थापाले गठबन्धनको अभ्यासमा सवै अधिकार एकदललाई मात्रै नहुने भन्दै ऊर्जा मन्त्रीको प्रस्तावमा कुलमानलाई हटाएको बिषय प्रधानमन्त्रीसँग जोडेको भन्दै आपत्ति जनाए।

उनले गठबन्धन सरकारको अभ्यास र कार्यतरिका हेक्का राख्न सत्तारुढ दलकै सांसदहरुलाई आग्रह गरे। त्यस्तै उनले सरकार ढल्ने वक्तव्यबाजीहरुले मिडिया रंगिने र समाजमा ध्वनी प्रदुषण हुने क्रम जारी रहेपनि त्यस्ता वक्तव्य निरर्थक सावित भएको जिकिर गरे।

थापाले लुटपाट र आगजनीबाट व्यवस्था नबद्लिने भन्दै निन्द्रबाट व्युँझिएर यथार्थलाई आत्मसाथ गरेर अघि बढ्न सुझाव दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.