नीति तथा कार्यक्रमले जनताको आंकाक्षा पूरा गर्न सक्दैन् : सांसद भुसाल
काठमाडौँ। सांसद डा. बेदुराम भुसालले नीति तथा कार्यक्रमले जनताको आंकाक्षा पूरा गर्न नसक्ने बताएका छन्।
राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ‘सम्माननीय राष्ट्रपतिबाट सम्वत् २०८२ साल वैशाख १९ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष २०८२-८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद भुसालले युवाहरु मुलुकमा रोजगारी पाउन नसकेका कारण विदेश पलायन भइरहेको अवस्थामा आत्मनिर्भर अर्थतन्त्र निर्माण गरेर रोजगारी वृद्धि गर्ने कुरा नीतिमा स्पष्ट नभएको आरोप लगाए।
“उत्पादन बढाउने भनिएको छ । तर उत्पादन बढाउने कुरा नीतिमा स्पष्ट भएन”, उनले भने, “अहिलेको आवश्यकतालाई सम्बोधन गरेर मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउने किमिसको नीति नै आएन ।”
नीति तथा कार्यक्रमबाट ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा कार्यन्वयन गर्ने भनिए पनि विश्वास गर्ने आधार नभएको सांसद भुसालको भनाइ थियो । “सोह्राँै योजनाको लक्ष्य नीति तथा कार्यक्रममा प्रवेश नै गरेको छैन”, उनले भने, “खानी र खनिजजन्य पदार्थ उपभोग गर्न ध्यान पुग्न सकेको छैन । कसरी गर्ने भनेर नीति तथा कार्यक्रममा समावेश छैन । अन्य आर्थिक सुधारका लागि नीति तथा कार्यक्रमको अग्रसरता देखिएन ।”







डिसी नेपाल








Facebook Comment