पुलिसलाई हराउँदै इरानी टोलीले जित्यो प्रथम लायन्स कप भलिबलको उपाधि

डिसी नेपाल
२२ वैशाख २०८२ १९:३२
316
Shares

पोखरा। नेपाल पुलिस क्लबलाई हराउँदै इरानी टोलीले पोखरामा भएको प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको फाइनल खेलमा पुलिसलाई ३-१ को सेटमा पराजित गर्दै इरानी टोलीले उपाधि जितेको हो।

पहिलो सेट २५-१८ ले आफ्नो पक्षमा पारेको इरानी टोलीले दोस्रो सेट २४-२६ ले गुमाएको थियो। तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै इरानी टोलीले उपाधि रक्षा गर्‍यो। इरानले तेस्रो सेट २५-१८ र चौथो सेट २५-१७ ले आफ्नो पक्षमा पारेको हो। उपाधि जितेको इरानी टोलीले ४ लाख ४४ हजार ४४४ हात पार्‍यो । उपविजेता बनेको २ लाख ४४ हजार ४४४ मा चित्त बुझायो।

यसअघि सशस्त्र प्रहरी बल (एपिएफ) लाई ३-१ को सेटमा पराजित गर्दै त्रिभुवन आर्मी क्लबलले तेस्रो स्थान हासिल गरेको थियो। पहिलो सेट २९-२७ र दोस्रो सेट २५-२१ ले आफ्नो पक्षमा पारेको आर्मीले तेस्रो सेट एपिएफलाई सुम्पिएको थियो। तेस्रो सेट २२-२५ ले गुमाएको आर्मीले चौथो सेट २५-२३ ले जित निकाल्दै तेस्रो हुन सफल भयो। तेस्रो हुने आर्मीले १ लाख ४४ हजार ४४४ प्राप्त गर्‍यो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.