वाइसिएल नुवाकोटको अध्यक्षमा जलन गजुरेल निर्वाचित, अन्य पदमा को-को भए विजयी ?
नुवाकोट। नेकपा(माओवादी केन्द्र) निकट युवा संगठन वाइसिएल, नेपाल नुवाकोट जिल्ला समितिको अध्यक्षमा जलन गजुरेल निर्वाचित भएका छन्।
वाइसिएल नुवाकोटको चौथो जिल्ला अधिवेशनमा अध्यक्षको उम्मेदवार बनेका गजुरेलले निकटतम प्रतिस्पर्धी दिनेश अधिकारीलाई ७३ मतान्तरले पराजित गर्दै विजयी भएका हुन्।
विजयी गजुरेलले १६० मत ल्याउँदा अध्यक्षका प्रत्याशी अधिकारीले ८७ मत ल्याएका थिए।
यस्तै निर्वाचित ६१ सदस्यीय नयाँ जिल्ला समितिको २ जना खुला उपाध्यक्षमा सरोज तामाङ र सूर्यबहादुर तामाङ निर्वाचित भएका छन्।
महिला उपाध्यक्षमा प्रमिला तामाङ निर्विरोध निर्वाचित भइन् भने सचिवमा सुरेन्द्र लामा विजयी भएका छन्।
यस्तै सहसचिवमा विकास गुरुङ, रविन्द्र तामाङ, थिमिका विक, अनिल थापा र राजेश लामिछाने निर्वाचित भएका छन्।
कोषाध्यक्षमा जनकराज ढकाल निर्विरोध निर्वाचित भए भने अन्य ५० जना जिल्ला समिति सदस्यहरु पनि निर्विरोध निर्वाचित भएका हुन्।
नवनिर्वाचित अध्यक्ष जलन गजुरेलले आफ्नो नेतृत्वकालमा नुवाकोट वाइसिएललाई थप सुदृढ र मजबुद बनाउने जनाएका छन् ।
उनीे विजयी भएपछि प्रतिक्रिया दिँदै आगामी दिनमा माओवादी केन्द्रको युवासंगठनको रुपमा रहेको वाइसिएललाई नुवाकोटमा थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले नुवाकोटका युवाहरुलाई सिर्जनात्मक कार्यमा सहभागी बनाइ समाज विकासका लागि अघि बढाउने अठोट व्यक्त गरेका छन् ।







डिसी नेपाल








Facebook Comment