बजेटमार्फत शिक्षकका माग सम्वोधन गर्न सांसद ढकालको माग

डिसी नेपाल
२३ वैशाख २०८२ १२:०७
128
Shares

काठमाडौं। सांसद एकनाथ ढकालले आउँदो बजेटमा शिक्षक महासंघसँग गरिएको सहमति कार्यान्वयन गर्नुपर्ने बताएका छन्।

मंगलबार प्रतिनिधिसभामा बोल्दै सांसद ढकालले भने, ‘आन्दोलनरत शिक्षकहरुको मागलाई सरकारले सहमति गरेसँगै मन्त्रिपरिषद्को बैठकबाट तत्काल माग सम्बोधन गर्नका लागि ८ वटा निर्णय गरेर सरकार धन्यबादको पत्र बनेको छ। अब पालो गरिएको सहमतिको कार्यान्वयन हो। तसर्थ, सरकारले शिक्षकहरुसँग गरिएको सहमतिको कार्यन्वयन आउँदो बजेट मार्फत गर्नुपर्छ।’

सांसद ढकालले बिगतमा सरकारहरुले सहमति गर्दा उदारता देखाउने र कार्यन्वयनमा अनुदार हुने गरेकोले शिक्षकहरु अझै पनि बिश्वस्त हुन नसकेको दाबी गरे। अहिलेको जनउतरदायी सरकारले शिक्षकहरुसँग गरेको सहमति कार्यान्वयन गर्न ढिला गर्न नहुनेमा जोड दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.