माओवादीको प्रश्न- सदनमा उठेका प्रश्नहरू सरकारले किन सुन्दैन?

डिसी नेपाल
२३ वैशाख २०८२ १२:४२
48
Shares

काठमाडौं । नेकपा माओवादीका सांसद जनार्दन शर्माले शून्य समय सुनाएर उठाउनको लागि हो भने बन्द गर्नुपर्ने बताएका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले सरकारले सदनमा उठेका प्रश्नहरूलाई बेवास्ता गरेको भन्दै सरकारले गम्भिर भएर जवाफ दिनुपर्ने भन्दै सभामुखसँग निर्देशनको लागि माग गरेका हुन्।

उनले भने, ‘संसदमा पटक पटक विषयहरु उठेका छन्। प्रश्न उठेका छन्। नेता रमेश चौधरीलाई नक्कली पत्र बनाएर किन जेल राखियो र गभर्नर नियुक्ति गर्न नसक्ने अवस्था किन आयो, विश्वविद्यालयका भिसिहरु किन खाली भइरहेका छन्। स्वास्थ्य बीमा किन भुक्तानी गरिँदैन्, मध्य पहाडी करिडोर भेरी नदी, मेगा पुल, हुलाकि मार्गका अलपत्र पुल निर्माण कहिले हुन्छन् भनेर प्रश्न जिज्ञासा संसदमा दैनिक हामीले राखि रहेका छौं। यी जनता, सुशासन र राष्ट्रसँग सम्बन्धित प्रश्न हुन्। तर, सरकार समाधान तिर त के जवाफ पनि दिन तयार छैन। यो गैरजिम्मेवारी किन शुन्य समय सुनाएर उठाउनको लागि हो भने बन्द गरौं। होइन भने सरकारले गम्भिर भएर जवाफ दिनुपर्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.