कर्मकाण्डी नीति तथा कार्यक्रममा कुनै रौनक छैन : स्वर्णिम वाग्ले

डिसी नेपाल
२३ वैशाख २०८२ १४:०३
40
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद स्वर्णिम वाग्लेले सरकारले ल्याएको नीति तथा कार्यक्रम कर्मकाण्डी भएको आरोप लगाएका छन्।

मंगलबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले अहिलेको विशिष्ट परिस्थितिलाई महसुस गर्न नसेको र कर्मकाण्डी भएको आरोप लगाएका हुन्।

आफूले विगत १२ वर्षदेखि नीति तथा कार्यक्रम सुन्दै आए पनि कुनै फरक नपाएको उनको भनाइ छ। ‘यो मैले १२ वर्षदेखि चाल लिएर सुन्दै आएको कुरा हो। जो कर्मकाण्डमै सीमित छ,’ उनले भने।

निरन्तरतामा क्रमभंगता गर्न सक्दा मात्रै नीति तथा कार्यक्रमको उपादयता हुने उनले बताए। ‘आफ्नो शक्ति नै थाहा नपाएको जस्तो महसुस हुन्छ। कुनै उत्साह छैन। कुनै रौनक छैन। विराट उदेश्य हुनुपर्ने हो। ठूलो संकट हुँदा, आर्थिक प्रलय हुँदा गरिने प्रयोगको नतिजा के छ? लगभग शून्य,’ उनले भने।

अहिलेको सरकार निर्माण हुँदा गरिएको ७ बुँदे सहमतिमा भ्रष्टाचार नियन्त्रण गर्ने कुरा राखिएको भए पनि त्यो अहिले मजाक जस्तै भइरहेको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.