मोदीको प्राथमिकतामा परिनन् परराष्ट्रमन्त्री आरजु
काठमाडौं । केपी ओलीको नेतृत्वमा सरकार गठन भएपछि परराष्ट्रमन्त्री भएकी आरजु राणा देउवा नियुक्तिलगत्तै भारत भ्रमणमा गएका बेला भारतले उनलाई धेरै सम्मान दिएको थियो। तर, त्यो सम्मान पछिल्लो समय घट्दै गएको छ।
आरजू भारतको प्राथमिकतामा नपरेको स्पष्ट सन्देश भारतले गत साता मात्रै दिएको छ। सत्ताधारी भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले गत साता नेपाल भ्रमणमा आउँदा उनले आरजुभन्दा पहिले कांग्रेसकै अन्य नेता र माओवादीका नेताहरुसँग भेटघाट गर्नुले मोदीको प्राथमिकतामा आरजु नपरेको देखिएको हो ।
विजय चौथाइवाले भाजपाका विदेश विभाग प्रमुख हुन् । उनी नेपालको भ्रमणमा आउँदा प्रोटोकलअनुसार आएको भए उनको पहिलो सम्पर्क परराष्ट्र मन्त्रीमार्फत हुनुपर्ने थियो । परराष्ट्रमन्त्री आरजु स्वयं हुन् । तर, उनले नेपाल आएपछि प्रोटोकलअनुसार परराष्ट्रमन्त्रीलाई भेट्नुको सट्टा अन्य नेताहरुसँग भेटघाट गर्न थाले ।
चौथाइवालेले नेपाल भ्रमणका क्रममा २० भन्दा बढी नेताहरुलाई भेटेका थिए । उनले प्रमुख दलका शीर्ष नेताहरुसहित दोस्रो तहका नेताहरुलाई पनि भेटे । भेटका क्रममा उनले भारतका सन्देशहरु नेपाललाई दिए र पहलगाम आक्रमणपछि भारतका पक्षमा नेपालको स्पष्ट समर्थन मागे। यद्यपि उनले नेपालको सत्ता समीकरणबारे भने चासो नदेखाएको नेताहरु बताउँछन्।
चौथाइवालेसँग आरजुको पदीय आधारमा मात्र सम्बन्ध छैन। आरजुले चौथाइवालेलाई राखी पनि बाँधिदिएकी थिइन्। तर, राखीसँगै कूटनैतिक प्रोटोकलले पनि उनले पहिले आरजुलाई भेट्ने वातावरण बनाइदिए पनि उनले आरजूलाई प्राथमिकतामा राखेनन्। यसले आरजू भारतकै संस्थापनको प्राथमिकतामा नरहेको संकेत गरेको कूटनैतिक विषयका जानकारहरु बताउँछन्।







डिसी नेपाल








Facebook Comment