धतोपत्र बोर्डले कमिसन माग्ने गरेको बिषयमा छानविन गर्न माग (भिडियोसहित)

डिसी नेपाल
२४ वैशाख २०८२ १२:२०
32
Shares

काठमाडौं। सांसदहरुले आइपीओको अनुमतिका लागि धितोपत्र बोर्डले कमिसन माग्ने गरेको बिषयमा छानविन गर्न माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकको आकस्मीक समयमा सांसदहरुले आइपीओको अनुमतिका लागि बोर्डले साना जलविधुत परियोजनासँग ५ प्रतिशत र ठुला आयोजनासँग ७ प्रतिशतसम्म कमिसन माग्ने गरेको भन्दै यस बिषयमा छानविन गर्न माग गरेका हुन् ।

माओवादी सांसद माधव सापकोटाले भरपर्दो संयन्त्र बनाएर बोर्डमाथि छानबिनका लागि रुलिङ गर्न माग गरेो । कमिसनका कारण बोर्डमा ४३ जलविधुत आयोजनाको आइपीओको अनुमति रोकिएको भन्दै उहाले यो निकै गम्भीर बिषय भएको उल्लेख गरे ।

त्यस्तै राप्रपा सांसद रोशन कार्कीले आइपीओको अनुमतिका लागि कमिशन माग्ने बोर्डका प्रमुखलाई कारवाही गर्न माग गरे। बोर्डले राम्रोसंग काम गर्न नसक्दा पुँजीबजारमा हजारौ नागरिकको पैसा फसेको र उनीहरुमाथि अन्याय भएको उनले बताए।

उनले प्रधानमन्त्रीको अध्यक्षतामा गठन भएको सुशासन आयोगले तत्कालै कारवाही अगाडी बढाउन माग गरे । यसअघि जलविद्युत् कम्पनीहरूको प्राथमिक सेयर निष्काशन स्वीकृतिका लागि बोर्डका अध्यक्षले कमिसन मागेको विषय सार्वजनिक भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.