प्रधानमन्त्री र मन्त्रीको सम्पति तुरुन्त सार्वजनिक गर्न सांसद ज्वालाको माग

डिसी नेपाल
२४ वैशाख २०८२ १२:३७
40
Shares

काठमाडौं। नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले प्रधानमन्त्री र मन्त्रीको सम्पति तुरुन्त सार्वजनिक गर्न माग गरेका छन्।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले दैनिक उपभोग्य वस्तु र सिमेन्मा पटकपटक मूल्य वृद्धि गरेर जनताको ढाड सेक्ने काम भएको भन्दै प्रधानमन्त्री र मन्त्रिको सम्पति गोप्य राखेर कस्तो पारदर्शिता पढाउन खोजेको हो ? भन्दै प्रश्न गरे।

उनले भने, ‘यतिबेला देशमा अनियमितता बेतिथि र कुशासन व्याप्त छ । सरकारी कार्यालयहरुमा ढिला सुस्ती र खुलेआम रुपमा घुसखोरी छ। दैनिक उपभोग्य वस्तु र सिमेन्मा पटकपटक मूल्य वृद्धि गरेर जनताको ढाड सेक्ने काम भएको छ। अर्कोतिर प्रधानमन्त्री र मन्त्रिको सम्पति गोप्य राखेर कस्तो पारदर्शिता पढाउन खोजेको हो ? मन्त्री र प्रधानमन्त्रीको सम्पति तुरुन्त सार्वजनिक गरियोस्।

त्यस्तै, उनले मन्त्रालयजति सिंहदरबारभित्र थुपार्ने, फलामे गेटले घेरेर जेल जस्तै बनाउने, अनि जनतालाई प्रवेश निषेध गर्ने कुरा स्वीकार नहुने धारणा राखे। सिंहदरबारको गेट खुला गरेर जनतालाई सहज प्रवेश गराउन उनको माग छ।

उनले भने, ‘अहिलेको ठूलो समस्या भनेको कुशासन हो। कुशासनको जिउँदो नमुना सिंहदरबार गेट हो। त्यहाँ भएको जनताको लाईनमा सरकारको ध्यानाकर्षण गराउन चाहान्छु। मन्त्रालयजति सिंहदरबारभित्र थुपार्ने, फलामे गेटले घेरेर जेल जस्तै बनाउने, अनि जनतालाई प्रवेश निषेध गर्ने कुरा स्वीकार छैन्। गेट खुला गरेर जनतालाई सहज प्रवेश गराइयोस्।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *