एमालेले गर्यो पूर्वमन्त्रीसहित दुई नेतालाई कारबाही
काठमाडौं । नेकपा एमालेले कोशी प्रदेशका पूर्वमन्त्रीसमेत रहेका पार्टीका ताप्लेजुङ पूर्वजिल्ला अध्यक्ष बलबहादुर साम्सोहाङसहित दुई जनालाई अनुशासन कारबाही गरेको छ।
साम्सोहाङसहित प्रदेश विभाग सदस्य मणि पोमुलाई कोशी प्रदेश कमिटीको मंगलबार विराटनगरमा बसेको बैठकले जिम्मेवारीबाट हटाउने निर्णय गरेको प्रदेश इन्चार्ज शेरधन राईले जानकारी दिए।
गत वैशाख १८ गते ताप्लेजुङमा सम्पन्न युवा संघको अधिवेशनमा दुई पक्षबीच विवाद भएको थियो। उक्त अधिवेशनमा हातपात र तोडफोडको आरोप उनीहरूमाथि छ।
युवा संघ केन्द्रीय कमिटी सचिव तथा कोशी इन्चार्ज निरोज पौडेलमाथि हातपात भएको थियो। घटनामा पोमु प्रत्यक्ष संलग्न रहेको र साम्सोहाङले निर्देशन दिएको आरोप छ।
घटनाबारे छानवीन गर्न प्रदेश कमिटी उपाध्यक्ष टीकाराम चेम्जोङको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको युवा संघका प्रवक्ता निराेज पौडेलले बताए।







डिसी नेपाल








Facebook Comment