भासिएको स्थानको पानी संकलन गरी परीक्षणका लागि पठाइयो

डिसी नेपाल
२४ वैशाख २०८२ २३:२०
388
Shares

मकवानपुर। हेटौँडा उपमहानगरपालिका-१६ र १७ को सिमानामा पर्ने गैरी गाउँको सडकमा गत वैशाख १९ गते बलेरो जिप भासिएर बेपत्ता भएको घटना अध्ययनका लागि आएको टोली काठमाडौं फर्किएको छ।

भूगर्भविद्हरुको टोलीले जिप भासिएको स्थान वरिपरि बोरिङ गरेको पानी संकलन गरी ल्याब परीक्षणका लागि आज काठमाडौंमा फर्किएको हो।

टोली प्रमुख नारायण अधिकारीले उक्त स्थानवरिपरिको जमिनको अवस्था झन् भासिँदै गएकाले अनुसन्धान कार्यमा अवरोध देखिएकाले पानीको ल्याब परीक्षणबाट आएको ‘रिपोर्ट’ अनुसार दोस्रो चरणको अनुसन्धान र खोजतलास गर्ने कार्यलाई तीव्रता दिइने बताए।

टोलीले मंगलबार र आज उक्त स्थान वरिपरि खोजतलास गरिए पनि हालसम्म जिप फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक श्यामुल अर्यालले जानकारी दिए। उनका अनुसार भासिएको स्थान वरिपरि आवतजावत गर्न रोकी थप मानवीय र अन्य सवारीसाधनको क्षति हुन नदिन प्रहरीले सुरक्षा घेरामा राखेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.