कोलकातामाथि चेन्नई सुपर किंग्स २ विकेटले विजयी
काठमाडौं। आईपीएलको ५७ औं खेलमा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्समाथि २ विकेटको रोमाञ्चक जित हासिल गरेको छ। चेन्नईले पावर प्लेमा ५ विकेट गुमाएर लक्ष्य पछ्याएको यो पहिलो पटक हो। टोलीले १९.४ ओभरमा ८ विकेट गुमाएर १८० रनको लक्ष्य पूरा गरेको हो।
कप्तान एमएस धोनी १७ रन बनाएर अविजित फर्किएका छन्।
डेवाल्ड ब्रेभिसले २५ बलमा ५२ र शिवम दुबेले ४० बलमा ४५ रन बनाएका छन्। उर्भिल पटेलले ११ बलमा ३१ रन बनाए। वैभव अरोराले ३ विकेट लिए। हर्षित राना र वरुण चक्रवर्तीले २–२ विकेट लिएका थिए।
इडेन गार्डेन रंगशालामा भएको खेलमा कोलकाताले टस जितेर ब्याटिङ रोजेको थियो र निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७९ रन बनाउन सफल भएको थियो।
जसअनुसार कप्तान अजिंक्य रहाणेले ४८ रन बनाए। आन्द्रे रसेलले ३८ र मनिष पाण्डेले अविजित ३६ रनको योगदान दिए। नूर अहमदले ४ विकेट लिएका थिए। उनी खेलको प्लेयर अफ द म्याचसमेत चुनिए।
चेन्नईले यो सिजनको तेस्रो खेल जितेको हो। टोलीको १२ खेलपछि ६ अंक छ र टोली तल्लो स्थानमा छ भने कोलकाताले १२ मध्ये ६ खेलमा जीतेर र ६ खेलमा हार बेहोरेको छ । टोलीको ११ अंक छ। छैटौं नम्बरमा नाइट राइडर्सको टोली छ।







डिसी नेपाल







Facebook Comment