प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

डिसी नेपाल
२५ वैशाख २०८२ ७:३५
24
Shares

काठमाडौं। प्रतिनिधि सभाको बैठक बिहीबार बिहान बस्दैछ। बैठक आज बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो।

बैठकमा आर्थिक वर्ष २०८२-०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुनेछ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संघीय संसदको दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

बैठकमा आज पनि सांसदहरूले आफ्नो धारणा राख्दै सरकारको नीति तथा कार्यक्रमबारे बोल्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.