सशस्त्र प्रहरी बलको सीमा क्षेत्रमा उच्च सतर्कता

डिसी नेपाल
२५ वैशाख २०८२ १२:४९
224
Shares

काठमाडौं । पछिल्लो समय विकशित क्षेत्रिय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ।

सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठलाई रोक्नको लागि सीमा सुरक्षाको प्रमुख जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल, नेपालले भारतिय समकक्षी सशस्त्र सीमा बल (एसएसबी)सँगको सहकार्य र समन्वयमा सीमानामा संयुक्त रुपमा गस्ती पट्रोल र खबर आदान–प्रदानलाई तीब्रता दिएको छ। यसैगरी एक बिओपीबाट अर्को बिओपीसम्म २४ घण्टा सीमा इलाकामा रहने गरी पट्रोलिङ गरिएको छ।

अनाधिकृत घुसपैठ नियन्त्रण र निगरानीका लागि सीमा क्षेत्रमा पर्ने सबै बाहिनीपतिहरूलाई प्रधान कार्यालयबाट विशेष निर्देशन दिइएको छ भने बाहिनी मुख्यालयहरूले सोही अनुसार सुरक्षा योजना बनाएर कार्यान्वयन गरेका छन्।

सीमा इलाकामा आवश्यकता अनुसार आवतजावत गर्नेहरूको परिचय पत्र चेकजाँच गरेर अभिलेख राख्ने कार्य समेत भइरहेको छ। सम्भावित संकित स्थानहरूमा निगरानी एवं चेकजाँच तथा सुक्ष्म रुपमा खबर संकलन कार्यसमेत गरिराखेको छ।

सीमा क्षेत्रलाई व्यवस्थित गर्न र हुनसक्ने अवैध घुसपैठलाई रोक्न नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणसँग समेत समन्वय गरी सूचना आदान–प्रदान गरी सीमामा आवतजावत गर्ने गरी वारपार गर्नेलाई निगरानी गर्ने कार्य समेत कडाइकासाथ गरिएको छ।

तर, नेपाल–भारत सीमानामा परम्परादेखि चलिआएको परम्परागत आवतजावतलाई असहज तथा हैरानी नहोस् भन्नेतर्फ पनि सचेत हुँदै त्यसप्रकारको आवतजावतलाई सहजीकरण गर्ने कार्यसमेत गरिएको छ।

यसैगरी सहरी क्षेत्रका संभावित सुरक्षा दिनुपर्ने महत्वपूर्ण ठाउँमा निगरानी बढाइएको छ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.