नीति तथा कार्यक्रम कर्मकाण्डी दस्तावेज भएको रास्वपाको आरोप

डिसी नेपाल
२५ वैशाख २०८२ १३:५४
64
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्रपार्टीका सांसद हरि ढकालले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम कर्मकाण्डी प्रक्रियामा प्रस्तुत भएको दस्तावेज भएको टिप्पणी गरेका छन्।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भएको सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले सरकारको नीति तथा कार्यक्रमको दस्तावेज यथास्थितिलाई निरन्तरता प्रदान गर्ने दस्तावेज भएको बताए।

‘सरकारको नीति तथा कार्यक्रमको दस्तावेज यथास्थितिलाई निरन्तरता प्रदान गर्ने दस्तावेज हो। यो दस्तावेज अर्कमन्यतालाई स्वीकृति प्रदान गर्न, कर्मकाण्डी प्रकृयामा प्रस्तुत भएको दस्तावेज हो,’ उनले भने।

त्यस्तै उनले आफूले दुई वर्षको नीति कार्यक्रममा राखेका धारणाहरु आज आएर प्रमाणीत भएको धारणा बताए। नीति कार्यक्रममा बुँदा नं १३ देखि २१ सम्म कृषि क्षेत्रको विषयमा तय गरिएको नीतिहरुमा रस नरहेको उनको भनाई छ।

उनले भने,‘विगतको दुई वर्षको नीति कार्यक्रममा मैंले राखेका धारणाहरु रेकर्डमा सुरक्षित छन्। ती विषयहरु आज प्रमाणीत भएका छन्। यो नीति कार्यक्रम वुँदा नम्बर १३ देखि २१ सम्म कृषि क्षेत्रको विषयमा तय गरिएको निरश नीतिहरु छन्। रस छैन।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.