उपराष्ट्रपति यादव युरोप दिवसमा सहभागी
काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादव युरोप दिवसका अवसरमा पाटन सङ्ग्रहालयमा आज अपराह्न आयोजित स्वागत समारोहमा सहभागी छन्।
त्यस अवसरमा उनलाई नेपालका लागि युरोपेली प्रतिनिधिमण्डलका राजदूत भिरोनिक लरेन्जो तथा यहाँस्थित युरोपेली मुलुकका राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिले स्वागत गरेका थिए।
त्यस अवसरमा रावदूत लरेन्जोले युरोपेली संघमा आबद्ध देशहरुको नेपालसँग सुमधुर सम्बन्ध रहेको चर्चा गर्र्दै शान्तिका लागि नेपाल बलियो आवाज बनेको बताए। नेपाललाई युरोपेली संघको उच्च प्राथमिकता प्राप्त विश्वसनीय साझेदारका रुपमा प्रस्तुत गर्दै उहाँले हाम्रा सदस्य राष्ट्रहरूसँग मिलेर ‘टिम युरोप दृष्टिकोण’अन्तर्गत मेलमिलाप र स्थायी शान्तिको भावनामा संक्रमणकालीन न्याय प्रक्रियालाई अगाडि बढाउने नेपालको प्रयासमा युरोपेली संघको साथ तथा सहयोग रहने बताए।
हामी जलवायु संकट नियन्त्रण तथा प्राकृतिक प्रकोपविरुद्धका प्रतिकार्यमा पनि संघले नेपाललाई सघाउने प्रतिबद्धता व्यक्त गर्दै राजदूत लरेन्जोले समृद्धिको चुनौतीपूर्ण यात्रामा रहेको नेपाललाई अल्पविकसित देशको दर्जाबाट स्तरोन्नति हुन, आर्थिक वृद्धिलाई बढाउन तथा लगानी आकर्षित गर्न सघाउने बताए।







डिसी नेपाल








Facebook Comment