युरोपा लिगको फाईनलमा म्यानचेस्टर र टोटोनह्यम
काठमाडौं। म्यानचेस्टर युनाइटेड र टोटनह्याम युइएफए युरोपा लिगको फाइनलमा पुगेका छन्। गए राती सम्पन्न सेमिफाइनलको दोस्रो लिगपछि म्यानचेस्टर युनाइटेड र टोटनह्याम फाइनलमा पुगेका हुन् ।
म्यानचेस्टर युनाइटेड दोस्रो लिगमा स्पेनिस क्लब एथलेटिक बिल्बाओलाई ४-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ७-१ को जितसहित फाइनलमा पुगेको हो ।
त्यस्तै टोटनह्यामले नर्वेको क्लब बोडोलाई २-० गोल अन्तरले पराजित गर्दै समग्रमा ५-१ को नतिजासहित फाइनलमा स्थान बनाएको हो । अब यस सिजनको युरोपा लिगको फाइनल खेल मे २१ मा स्पेनको बिल्बाओस्थित सान मामेज स्टेडियममा हुने भएको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment