आइपीएल स्थगित हुन सक्ने

डिसी नेपाल
२६ वैशाख २०८२ १०:३८
1.5k
Shares

काठमाडौं । भारत र पाकिस्तानबीच जारी द्वन्द्वका कारण पाकिस्तान सुपर लिग युएइमा सारिएसँगै अब इण्डियन सुपर लिग पनि स्थगित हुने सम्भावना छ ।

समाचार एजेन्सी एएफपीका अनुसार आणविक हतियार सम्पन्न भारत र पाकिस्तानबीचको घातक भिडन्तपछि आईपीएलको बाँकी सिजन के हुन्छ भन्ने निर्णय भारतीय क्रिकेट बोर्डले गर्ने र यसका लागि बैठक बस्न लागेको एक वरिष्ठ अधिकारीले बताएका छन् ।

जम्मू शहरबाट २०० किलोमिटर (१२५ माइल) भन्दा कम दूरीमा धर्मशालामा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्स बीचको इन्डियन प्रिमियर लिगको खेल हिजो फ्लडलाइट विफलताको कारण रद्द गरिएको थियो। आइतबार धर्मशालामा हुने भनिएको पञ्जाब र मुम्बई इन्डियन्सबीचको खेल सारिएको छ।

“हामी परिस्थितिको अनुगमन गरिरहेका छौं, सरकारको सल्लाह खोजिरहेका छौं र भोलि आईपीएलको बारेमा अन्तिम निर्णय लिनेछौं,” बीसीसीआईका उपाध्यक्ष राजीव शुक्लाले बिहीबार द इन्डियन एक्सप्रेसलाई भने।

उनले अगाडि भने “परिस्थिति दिनप्रतिदिन परिवर्तन हुँदैछ। हामीलाई जे भनिन्छ हामी त्यही गर्नेछौं र सबै सरोकारवालाहरूलाई जानकारी गराउनेछौं। अहिलेको लागि हाम्रो प्राथमिकता सबै खेलाडीहरू, प्रशंसकहरू र सरोकारवालाहरूको सुरक्षा हो।

अखबारले आफ्नो स्रोतहरू खुलासा नगरी बताएअनुसार बीसीसीआईले विश्वको सबैभन्दा धनी क्रिकेट लिगलाई स्थगित गर्ने वा सम्भावित विकल्पहरू मध्ये कुनै एक रोजेर यसलाई देशबाहिर कुनै अर्को ठाउँसा सार्ने भन्ने विषयमा “आफ्ना विकल्पहरू खुला राखेको छ”।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.