पाकिस्तानले अमेरिका, बेलायत र चीनलाई धन्यवाद दियो, शाहबाज शरीफले अरु के भने ?

डिसी नेपाल
२८ वैशाख २०८२ १०:४१
4.2k
Shares

काठमाडौं । भारत र पाकिस्तानबीच युद्धविरामको घोषणा भएपछि पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले शनिबार राति राष्ट्रका नाममा सम्बोधन गरे।

शाहबाज शरीफले पाकिस्तानी सेना, नौसेना र सशस्त्र बलका अधिकारीहरूलाई नाम लिएर बधाई दिँदै भने, “यो पाकिस्तानको लागि ऐतिहासिक विजय हो ।” उनले विपक्षी दलहरूप्रति पनि आभार व्यक्त गरे।

शरीफले आफ्नो सम्बोधनको सुरुवात गर्दै भने, “यदि कसैले हाम्रो स्वतन्त्रतालाई चुनौती दियो भने, हामी आफ्नो रक्षाको लागि जे पनि गर्नेछौं।”

उनले आफ्नो देश विरुद्ध लगाइएका आरोपहरू “आधारहीन” भएको दाबी गरे र भने – उनी यसको अनुसन्धान चाहन्छन्।

भारतले शाहबाज शरीफको सम्बोधनमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

यद्यपि, यसको केही समय अगाडि भारतीय विदेश सचिव विक्रम मिश्रीले एक विशेष प्रेस ब्रिफिङमा भनेका थिए कि “पाकिस्तानले यो सम्झौताको घोर उल्लंघन गरिरहेको छ।”

आफ्नो सम्बोधनमा शाहबाज शरीफले पाकिस्तानमा हालै भएका ड्रोन आक्रमणमा “मस्जिदहरू ध्वस्त” भएको र निर्दोष मानिसहरू मारिएको दाबी पनि गरे।

उनले दाबी गरे, “यस परिस्थितिमा पाकिस्तानका सुरक्षा बलहरूले भारतीय सशस्त्र बललाई उचित जवाफ दिए। हामी हाम्रा सिद्धान्तहरू पालना गर्न सफल भएका छौं।”

शनिबार राति, शहबाज शरीफले युद्धविराम सम्झौता सबैको हितको लागि भएको बताए। उनले भने, “पाकिस्तानमा लाखौं मानिसहरू छन्। हामी सबैको हितका लागि यो युद्धविराम सम्झौतामा पुगेका छौं र हामी यसप्रति सकारात्मक छौं।”

शरीफले भने, “म राष्ट्रपति ट्रम्पप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु। युद्धविराममा वासिङ्टनले महत्त्वपूर्ण भूमिका खेलेको छ। उनले बेलायतलाई यसको “सल्लाह” को लागि धन्यवाद पनि दिए।

शाहबाज शरीफले विशेष रूपमा चीनको उल्लेख गर्दै भने कि उनी “हाम्रो धेरै प्यारो, धेरै विश्वासिलो मित्र चीन” लाई पनि धन्यवाद दिन्छन्।

अन्य देशहरूलाई धन्यवाद दिँदै शरीफले भने, “हामीलाई पूर्ण विश्वास छ कि पानी बाँडफाँड, कश्मीर र अन्य सबै विवादास्पद मुद्दाहरू समाधान हुनेछन्।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.