काठमाडौंबाट डरधम्की दिँदै डाँका गर्ने ८ नक्कली प्रहरी पक्राउ

डिसी नेपाल
२८ वैशाख २०८२ २१:०९
2.2k
Shares

काठमाडौं। काठमाडौंको कलंकीस्थित होटेल मेन्सको कोठामा छिरेर प्रहरी हो भन्दै डरधम्की दिँदै डाँका गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूले ३ लाख ६३ हजार ठगी गरेको आरोपसमेत छ।

पक्राउ पर्नेहरूमा नवलपरासी गैँडाकोटका २४ वर्षीय अनिष केसी, चितवन भरतपुरका २५ वर्षीय अतीत क्षेत्री, २४ वर्षीय सन्दीप बिक, नवलपुर दिपचुलीका २३ वर्षीय सन्दीप परियार, नवलपुर गैँडाकोटका २५ वर्षीय विवेक मल्ल ठकुरी, चितवन भरतपुरका २२ वर्षीय बादल तामाङ, लमजुङ उदिपुरकी १९ वर्षीया सक्रिया खनिया र धरानकी २४ वर्षीया कविता राई छन्। ती सबैको हालको बसोबास काठमाडौं महानगरपालिका वडा नं. २६ ठमेल, टोखा र कपन क्षेत्रमा रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरूबाट ९ थान मोबाइल, निलो रंगको रॉयल एनफिल्ड मोटरसाइकल र नगद ५२ हजार रुपैयाँ रकम बरामद गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.