पूर्वी नवलपरासीमा पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध

डिसी नेपाल
२९ वैशाख २०८२ २२:०९
920
Shares

त्रिवेणी (नवलपरासी)। पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको चोरमारास्थित गिरुबारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध भएको छ।

पुल भाँचिएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख जनकराज बञ्जराले बताए। सामान बोकेको ट्रक पुल पार गर्ने क्रममा भाँचिएको हो।

ट्रक पार गर्ने क्रममा ट्रक रहेको स्थानमा केही तल पुल दबिएको छ। साथै पुलको छेउछाउमा समेत चर्किएको छ। ट्रक हटाएपछि मात्र पुल माथिबाट सवारी सञ्चालन गर्न सक्ने÷नसक्ने यकिन हुने प्रमुख बञ्जराले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.