देशका केही ठाउँमा भारी वर्षा, काभ्रेकाे पनौतिमा बाढी
काठमाडौं। साेमबार देशका केही ठाउँमा भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार गुल्मी, स्याङ्जा, काभ्रेपलाञ्चोकका केही क्षेत्रमा भारी वर्षा भएको हो।
गुल्मीमा आज ५६.४ मिलीमिटर वर्षा भएको छ। यसैगरी स्याङ्जामा ५३ मिलीमिटर वर्षा भएको महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए। काभ्रेमा पछिल्लो छ घण्टामै ३९.६ मिलीमिटर वर्षा भएको उनले बताए। अहिले सो क्षेत्रमा वर्षा रोकिएको छ। पनौतीको कतिपय ठाउँमा क्षति हुनेगरी बाढी आएको जनाइएको छ ।
पछिल्लो एक घण्टामा बागमती, लुम्बिनी र कर्णालीका कतिपय पहाडी भूभागमा वर्षा भइरहेको उनले बताए। हाल चितवन, मकवानपुर, बारा र पर्सा आसपास पानी पर्ने बादल रहेको तथा मेघगर्जनसहितको पानी परिरहेको छ। उक्त प्रणाली पूर्वतिर सरिरहेको हुनाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।
भोलि कोशी, गण्डकी र बागमतीका पहाडी भूभागमा वर्षा हुने तर पश्चिम तराईमा गर्मीकै अवस्था रहने जनाइएको छ।







डिसी नेपाल








Facebook Comment