हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ, भडकाउने काम नगर्नुहोला : कमल थापा

डिसी नेपाल
३० वैशाख २०८२ १७:०८
132
Shares

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी जेठ १५ बाट शुरु हुने आन्दोलन शान्तिपूर्ण हुने दाबी गरेका छन्।

आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले संविधानले दिएको अधिकार अनुसार आफूहरूले फरक विचार र मुलुक सञ्चालनको मार्गचित्र प्रस्तुत गरिरहेको समेत स्पष्ट पारे।

ब्रम्हलुट र मनपरितन्त्रलाई निरन्तरता दिनको लागि आफूहरूको आन्दोलनलाई गलत ढंगले दुष्प्रचार गर्न खोजिएको भन्दै उनले आपत्ति प्रकट गरे।

‘आन्दोलन शान्तिपुर्ण हुन्छ। हामी भ्रष्टाचार, कुशासन, बेरोजगारी, योजनावद्ध भैरहेको धर्मपरिवर्तनको विरुद्धमा छौं। हामी देशको समृद्धि र प्रगती चाहन्छौं। राष्ट्रियता बलियो बनाउन चाहन्छौं। प्रजातन्त्र सुदृढ हुनुपर्छ भन्ने हाम्रो मान्यता हो। पछिल्लो समय केही भ्रम सिर्जना गराउन खोजिदैछ। त्यो चिर्दै अघि बढ्छौं,’ थापाले भने।

उनले थपे, ‘सरकार हाम्रो जायज माग र आन्दोलन प्रती गम्भीर बनोस् भन्ने हाम्रो चाहना छ। दमन गर्नतर्फ अग्रसर भए जनताको अधिकार र भावनालाई कुन्ठित गर्ने दुष्प्रयास गरे स्वभाविक रुपमा असजिलो परिस्थिति निर्माण हुन्छ।’

जेठ १५ गतेको तयारीमा जुट्न र बढीभन्दा बढी जनसहभागिता गराउन उपत्यका भरी जनजागरण अभियानमा क्रियाशिल हुन कार्यकर्ता पङ्क्तिलाई सो अ‍वसरमा निर्देशन सनेत उनले दिए।

यो देश बचाउने र बनाउने आन्दोलन भएकोले सबैको सहभागी जरुरी भएको थापाको तर्क छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.