छानिएका कविता वाचन र नतिजा घोषणा कार्यक्रम अन्तिम चरणमा
अमेरिका। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिका, ‘नेपाली भाषा, साहित्य समिति’ ले विश्वभर छरिएर रहेका नेपाली भाषी कविहरूकाबिच आयोजना गरेको ‘के म नेपाली हैन र ?’ भन्ने शीर्षकको कविता प्रतियोगिताको नतिजाको घोषणा अन्तिम चरणमा पुगेकाे समितिका अध्यक्ष राजेन्द्रप्रसाद अर्यालले जानकारी दिएका छन्।
उत्कृष्ठताको बाह्रौं स्थानसम्म पर्न सफल १८ जना प्रतियोगी कविका कविताहरू जुम प्रविधिको माध्यमबाट सम्बन्धित कविहरूले प्रस्तुत वा वाचन गर्ने कार्यक्रम राखिएको छ अध्यक्ष अर्यालद्वारा जारी विज्ञप्तिमा जनाइएकाे छ।
संसारका विभिन्न भागमा प्रतियोगीहरू रहको र प्राविधिक रूपमा सबै नजोडिन पनि सक्ने स्थितिलाई मनन् गरी यो कविता वाचन कार्यक्रमले कविताको मूल्यांकनमा भने कुनै प्रभाव नपार्ने निर्णय गरिएको छ।
कविताले दिने सन्देश, शिर्षकको मर्म, कविको भावना र सिर्जनाको गहिराईलाई विभिन्न मिडियाहरूबाट प्रत्येक्ष प्रशारण गराई श्रोता, दर्शकहरूलाई रसास्वादन गराउने साथै कविलाई उत्प्रेरित, प्रोत्साहित गर्ने र उनीहरूका प्रतिभालाई नेपाली साहित्यको फाँटमा थप परिचित गराउने उद्देश्य राखिएको अध्यक्ष अर्यालले जानकारी दिएका छन्।
मे १८, सन् २०२५ आईतवार बिहान ७.३० बजे (सेन्ट्रल टाईम) अमेरिका र नेपालको समय-आइतवार, ४ गते जेष्ठ २०८२ बेलुका ६.१५ बजे हुने सो जुम कार्यक्रममा उपस्थित भइ
समितिकाे उद्देश्य पूर्तिमा सहयोग गर्न १८ जना प्रतियोगी कविलाई इमेल पठाई सकिएको छ।
कार्यक्रममा प्रतियोगीताको अन्तिम नतिजा घोषणा गरिनेछ। विजेताहरू प्रथम हुनेलाई ६००/- डलर, द्वितीयलाई- ४००/- डलर, तृतीयलाई- ३००/- डलर र प्रोत्साहन( सान्त्वना) स्वरूप ३ जनालाई जनही १००/- डलरका दरले पुरस्कार प्रदान गरिने छ।
कविताको मूल्याङ्कनकर्ताको रूपमा गहन भूमिका निर्वाह गरेका ३ जना वरिष्ठ कवि एवं विद्वान् साहित्यकारलाई र एनआरएनए, अमेरिकाका पदाधिकारीलाईसमेत कार्यक्रमा आमन्त्रण गरिएको छ।
यो बृहत प्रतियोगीतामा प्राप्त ठूलो सङ्ख्याका कविताहरू मध्ये छानिएका, स्तरिय कविताहरूको सङ्ग्रह गरि भाषा साहित्य समितिको वार्षिक प्रकाशन “साहित्य सौरभ” मा विशेषांकको रूपमा प्रकाशित गर्नको लागि प्रकृया अगाडि बढाइएको अध्यक्ष अर्यालले विज्ञप्तिमा उल्लेख गरेका छन्।







डिसी नेपाल








Facebook Comment