खोप लगाउन छुटेकालाई आज पुनःसेवा दिइँदै

डिसी नेपाल
३१ वैशाख २०८२ ११:४७
304
Shares

काठमाडौं। नियमित खोप कार्यक्रममा खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई आज पुनः सेवा प्रदान गरिँदैछ।

स्वास्थ्य सेवा विभागले नियमित खोप लगाउन छुटेका आफ्ना बालबालिकालाई आज स्वास्थ्य संस्थामा लगेर खोप लगाउन अनुरोध गरेको छ। बालबालिकालाई विद्यालय भर्ना हुन खोपकार्ड अनिवार्य गरिएको छ।

यसैबीच, चितवन जनस्वास्थ्य कार्यालयले जिल्लाका अभिभावकहरुलाई सबै पालिकाबाट खोप लगाउने व्यवस्था गरिएकाले खोप लगाउन छुटेका आफ्ना बालबालिकालाई खोप सेवा लिन अनुरोध गरेको छ।

कार्यालयका कीटनियन्त्रक राम केसीका अनुसार नियमित खोप छुटेका बालबालिकालाई राष्ट्रिय खोप तालिकाअनुसार आज खोप लगाइने छ। जिल्लाका सातवटै पालिकाका सरकारी स्वास्थ्य संस्थाबाट खोप लगाइने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.