भूमिसम्बन्धी विधेयक सदनमा पेश

डिसी नेपाल
३१ वैशाख २०८२ १३:१९

काठमाडौं । सरकारले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ संसदमा प्रस्तुत गरेको छ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अघिकारीले उक्त विधेयक प्रस्तुत गरेका हुन्।

उक्त विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई बैठकले अस्वीकृत गरेको थियो। मन्त्री अधिकारीले २०२१ सालको भूमि ऐन अहिले व्यवहारमा लागू गर्न नसकिएकाले यसलाई संशोधन गर्नुपरेको बताए।

विधेयकमा हदभित्रको जग्गा स्थानीय भूउपयोग परिषद्बाट भूउपयोग क्षेत्र बर्गिकरण हुँदा आवासीय क्षेत्र वा व्यवसायीक क्षेत्रमा वर्गीकरण भएकोमा त्यस्तो जग्गा प्रचलित कानुन बमोजिम घडेरी बिकास नगरी कित्ताकाट गरि बिक्री गर्न नपाउने व्यवस्था रहेको छ।

तर, भूउपयोग परिषद्बाट भूउपयोग क्षेत्र बर्गिकरण हुन अगावै अनुमति लिई जग्गा खरिद गरेको भए बिक्रि गर्न कुनै बाधा नहुने विधेयकमा उल्लेख छ। यसअघि वैशाख १५ गते बसेको मन्त्रीपरिषद् बैठकले उक्त विधेयक सदनमा प्रस्तुत गर्न स्वीकृति प्रदान गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.