समाजवादी मोर्चाको औंचित्य पुष्टि हुन सकेन : झलनाथ खनाल

डिसी नेपाल
१ जेठ २०८२ १५:२९
64
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले समाजवादी मोर्चाको कार्यक्रमप्रति असन्तुष्टि जनाएका छन्।

निर्मल लामा स्मृति प्रतिष्ठानले बिहीबार काठमाडौंमा आयोजना गरेको संघीय लोकतान्त्रिक गणतन्त्र र त्यसका चूनौति विषयक विचार गोष्ठीमा खनालले कोठा कोठामा कार्यक्रम गरेर समाजवादी मोर्चाको औंचित्य पुष्टि हुन नसक्ने भन्दै समाजवादी कार्यक्रम गर्नुपर्ने बताएका हुन्।

समाजवादी मोर्चाको क्रियाकलाप आफुलाई चित्त नबुझेको उनले बताए। कतिपयलाई बामपन्थीलाई समाजवादी नामको मोर्चा मन नपरेको भन्दै उनले बाम मोर्चा बनाए अझै धेरै दल समावेश हुन सक्ने धारणा राखे।

समाजवादी यात्रालाई अघि बढाउन सडकमार्फत जनतालाई एकीकृत गर्नुपर्ने उल्लेख गर्दै खनालले संसदीय संघर्षमात्रै भए संसदवादमा टुङ्गीने उल्लेख गरे। त्यस्तै उनले कम्युनिष्ट पार्टीलाई क्रान्तिकारी कार्यदिशाका आधारमा पुनर्गठन गर्नुपर्नेमा जोड दिए।

खनालले बामपन्थी एकता नभए ८४ को निर्वाचनमा बामपन्थी दलहरुको अवस्था थप कमजोर हुने देखिएको उल्लेख गरे। उनले राजावादीले संविधानलाई कुल्चिएर हिँडिरहेको अवस्थामा क्रान्तिकारी पार्टीहरुले संसद र गणतन्त्रलाई उपयोग गर्छु भन्न सक्नुपर्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.