यी हुन् मन्त्रिपरिषद्का दुई बैठकका ३० निर्णयहरु
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्का दुईवटा बैठकका निर्णय सार्वजनिक गरेका छन्। यही वैशाख २५ गते र ३१ गते गरिएका २२ निर्णय मन्त्री गुरुङले आज नियमित पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेका हुन्।
उक्त निर्णय सार्वजनिक गर्दै मन्त्री गुरुङले नेपाल राष्ट्र बैंकको गभर्नर छिट्टै नियुक्त हुने बताए। मन्त्री गुरुङले गभर्नर दुई–चार दिनभित्रै नियुक्त हुने दाबी गरे।
उनले भने, ‘अब तलमाथि नभइकन दुई–चार दिनमै नयाँ गभर्नर पाउँछौँ, गभर्नर नियुक्तिका लागि हामीले सिफारिस समिति पहिला अर्थमन्त्रीज्यूको संयोजकत्वमा डा. विश्व पौडेल र डा.विजयनाथ भट्टराईको समिति बनाएका थियौँ। विजयनाथ भट्टराईले पहिला राजीनामा दिनुभयो। त्यो डिफङ भयो। त्यसपछि फेरि पूर्वगभर्नरकै तर्फबाट महाप्रसाद अधिकारीलाई समितिको सदस्यका रूपमा थप्यौँ। डा.विश्व पौडेलले राजीनामा दिनुपर्ने परिस्थिति बन्यो। काम चाँडो भन्दा चाँडो सम्पन्न गर्न हामीले फेरि पुनःगठन गरेका छौँ।’
यस्ता छन् निर्णयहरु:








डिसी नेपाल








Facebook Comment