वातावरणीय महत्वबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथा संवाद आयोजनाः प्रधानमन्त्री

डिसी नेपाल
१ जेठ २०८२ २२:४६

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका हिमाल र पहाडका वातावरणीय महत्वबारे विश्वको गम्भीर रुपमा ध्यानाकर्षण गराउन सगरमाथा संवादको आयोजना गरिएको बताएका छन्।

सगरमाथा संवादको पूर्वसन्ध्यामा आज नेपाली उच्च पदाधिकारीहरुका लागि प्रधानमन्त्रीद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले वातावरणीय मुद्दामा लापरबाही र विलम्ब गरिए विनाशमा पुगिने भएकाले यसमा संसारको ध्यान पुग्न जरुरी रहेको बताए।

कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाशीध प्रकाशमान सिंह राउत, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, डा बाबुराम भट्टराई र झलनाथ खनाल, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, मन्त्रीगणलगायत सहभागी थिए।

यही जेठ २ देखि ४ गतेसम्म नेपाल सरकारले पहिलो पटक काठमाडौंमा सगरमाथा संवादको आयोजना गर्दैछ। कार्यक्रमका लागि हालसम्म ३७ देशका १६० विदेशी पाहुना नेपाल आइसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *