बाढीपहिराले सभापोखरीमा यातायात, विद्युत् र टेलिफोन सेवा अवरुद्ध
किमाथांका (सङ्खुवासभा)। सङ्खुवासभाको सभापोखरी गाउँपालिका–४ मा बाढीपहिराका कारण यातायात, विद्युत् र टेलिफोन सेवा अवरुद्ध भएको छ। बिहीबार राति आएको बाढीपहिराले सभापोखरी गाउँपालिकामा यातायात, विद्युत् र टेलिफोन सेवा अवरुद्ध भएको सभापोखरी गाउँपालिका उपाध्यक्ष लक्ष्मी चापागाईँले जानकारी दिइन्।
गए राति वर्षासँगै आएको बाढीपहिराका कारण सभापोखरी गाउँपालिका–३, ४ र ६ लगायतका वडामा यातायात, विद्युत् र टेलिफोन अवरुद्ध भएको गाउँपालिका उपाध्यक्ष चापागाईँले बताइन्। बाढीपहिराले विभिन्न वडाका सडक र विद्युत् पोल बगाएको छ। बाढीले पोल बगाएपछि त्यस क्षेत्रमा आज बिहानदेखि सेवा अवरुद्ध भएको गाउँपालिका उपाध्यक्ष चापागाईँले बताइन्।
बाढीले सभापोखरी गाउँपालिका–४ मा निर्माणाधीन २१ मेगावाटको सभापोखरी हाइड्रोपावरमा समेत क्षति पुगेको छ। बाढी सभापोखरी हाइड्रोपावरको निर्माण सामग्री बगाएको छ। बाढीपहिराले सभापोखरीका विभिन्न वडामा आधा दर्जन घर विस्थापित भएका छन्। बाढीबाट विस्थापित र क्षति विवरण संकलन थालिएको छ। त्यस क्षेत्रमा अहिले पनि ठूलो वर्षा भइरहेका कारण विवरण संकलनमा कठिनाइ भएको उनको भनाइ छ।







डिसी नेपाल








Facebook Comment