मदन-आश्रितको विचार र मार्गदर्शन सधैँ प्रेरणाको स्रोत बन्ने छ : प्रधानमन्त्री

डिसी नेपाल
३ जेठ २०८२ ९:४१
64
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको विचार र मार्गदर्शन सधैँ आफ्नो लागि प्रेरणा बन्ने बताएका छन्।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत आजको दिन मदन-आश्रित गुमाएको भन्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका हुन्।

उनले लेखेका छन्, ‘३२ वर्ष अगाडि आजको दिन, हामीले जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितलाई गुमायौं। जननेता मदन भण्डारीको अगुवाइमा प्रतिपादित जनताको बहुदलीय जनवादको मार्गदर्शक सिद्धान्तले लोकतान्त्रिक परिवर्तनलाई सफल बनायो। मदन-आश्रितको पवित्र स्मृतिमा हामी शिर निहुराउँछौं। उहाँको विचार र मार्गदर्शन सधैँ हाम्रो प्रेरणा बन्नेछ। मदन- आश्रितप्रति भावपूर्ण श्रद्धाञ्जली र उच्च सम्मान व्यक्त गर्दछु।’

तत्कालीन एमालेका महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटनामा निधन भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.