गाजामा २० लाख मानिसहरू खाद्यान्न अभावको सामना गरिरहेका छन् – विश्व स्वास्थ्य संगठन

डिसी नेपाल
६ जेठ २०८२ ११:२८
24
Shares

काठमाडौं । विश्व स्वास्थ्य संगठनका महानिर्देशकले गाजामा २० लाख मानिसहरू भोकमरीको सामना गरिरहेको चेतावनी दिएका छन्।

सोमबार विश्वभरका विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरूको बैठकलाई सम्बोधन गर्दै डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले यस्तो बताएका हुन् ।

“इजरायली नाकाबन्दी, निकासी आदेश र मानवीय सहायताको लागि ठाउँ साँघुरिँदै गएको छ, जसले गाजाको पहिले नै कमजोर स्वास्थ्य प्रणालीलाई गम्भीर रूपमा तनाव दिएको छ,” उनले भने।

“सजिलै उपचार गर्न सकिने रोगबाट मानिसहरू मरिरहेका छन्, तर महत्त्वपूर्ण औषधिहरू सीमामा अड्किएका छन्,” उनले चेतावनी दिए।

डब्ल्यूएचओका महानिर्देशकले भने ‘डब्ल्यूएचओले २०२३ देखि गाजाबाट ७,३०० भन्दा बढी बिरामीहरूलाई बाहिर निकालेको छ, तर १०,००० भन्दा बढी मानिसहरूलाई उपचारको लागि गाजाबाट बाहिर लैजान अझै पनि मद्दत चाहिन्छ।’

यसैबीच, इजरायलले सोमबार भनेअनुसार उसले गाजामा “आवश्यक मात्रामा खाद्यान्न” ढुवानी गर्न अनुमति दिनेछ ताकि १० हप्ताको नाकाबन्दी पछि अनिकाल नहोस्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.