‘राजसंस्था कहिल्यै जनताको पक्षमा थिएन’

डिसी नेपाल
६ जेठ २०८२ १९:३१
200
Shares

देउखुरी (दाङ)। नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा राजसंस्था कहिल्यै जनताको पक्षमा नभएको बताएका छन्।

कम्युनिष्ट नेता नेत्रलाल अभागीको ४१औँ स्मृति दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा उनले पूर्वराजाका समर्थकहरुले गर्ने भनेको आन्दोलन जनताका विरूद्ध हुने बताए।

युवाहरुले विदेशमा पसिना बगाएर आफ्नो देश नबन्ने उनको तर्क छ। ‘देश बनाउन आफ्नै देशमा पसिना बगाउनुपर्छ। विदेश जानु केहीको बाध्यता भए पनि धेरै रहरले विदेश जाने गरेका छन्’, उनले भने।

दाङमा कम्युनिष्ट पार्टी स्थापना हुनुमा नेत्रलाल अभागीको भूमिका महत्त्वपूर्ण रहेको स्मरण गर्दै उनले भने, ‘अभागी विद्यालयको प्राध्यानाध्यापकको जागिर छोडेर कम्युनिष्ट पार्टीको संगठन विस्तारमा लाग्नु भएको थियो। उहाँ कुसल शिक्षक र कुसल साहित्यकार हुनुहुन्थ्यो।’

लोभ लालचा नभएको इमान्दार नेता नेत्रलालको जीवनीबाट सबैले पाठ सिक्नुपर्नेमा उनले जोड दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.