सिग्मा कलेजको क्यान्टिनमा आगलागी
काठमाडौं । काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टेस्थित सिग्मा कलेजको क्यान्टिनमा आगलागी भएको छ।
आगलागी सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा लिएका छन्। ग्याँस लिग भई आगलागी हुँदा क्यान्टिनमा रहेको सामान जलेर नष्ट भएको बताइएको छ।
सोबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ बाघभैरव गुल्म काठमाडौंबाट सशस्त्र प्रहरी नायव उपरीक्षक अशोक कुमार न्यौपाने र सुरक्षा वेश काठमाडौं महानगरपालिका वारुणयन्त्र न्यूरोडबाट सशस्त्र प्रहरी नायव निरीक्षक धन बहादुर सुवेदीको कमाण्डमा खटिएको सुरक्षा फौज आगलागी नियन्त्रणमा जुटेको थियो। आगलागी बिहान करिव ८ बजे पूर्ण रुपमा नियन्त्रणमा लिइएको थियो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment