बैंकको उद्देश्य र पैसाको अवधारणामा हामी आफैँ कन्फ्युज हुन्छौं : पूर्वगभर्नर नेपाल

डिसी नेपाल
७ जेठ २०८२ १६:०४
156
Shares

काठमाडौं । बुधबार बसेको अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो (संशोधन विधेयक),२०८० का सम्बन्धमा छलफल भएको छ।

अर्थ समितिको बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो (संशोधन विधेयक),२०८० का विषयमा विज्ञ र सरोकारवालासँग छलफल गरेको हो।

उक्त छलफलमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति कानुन विपरीत गरेको बताएका छन्। उनले नवनियुक्त गभर्नर विश्व पौडेल गभर्नर बन्न अयोग्य रहेको बताएका हुन्।

उनले भने, ‘यही समितिको कुरा हो गभर्नर। यही समितिमा म माग गर्दछु संसदीय समिति बनाईयोस् छानविन गराइयोस्। सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर कानुन विपरीत नियुक्त गरेको छ। कानुनी रुपमा गभर्नर नियुक्त छ की छैन भनेर छानविन समिति बनाइनुपर्छ।’

यसैगरी, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवि नेपालले बैंक के को लागि हो भनेर बुझ्नुपर्ने बताएका छन्। उनले नेपालको चलन पैसा भन्ने चिज कसरी आउँछ ? कुन रुपबाट आउँछ ? यसको उपयोग कसरी गर्ने भन्ने कुरामा हामी आफैं कन्फ्युज हुने गरेको बताए।

उनले भने, ‘हामीले बैंक के को लागि हो भनेर बुझ्नुपर्ने हुन्छ। हाम्रो चलन के छ भन्दा हामीलाई पैसा चाहिएको छ। देश विकास गर्नु पनि छ, तर हामी आफैं कुन रुपमा कन्फ्युज छौं भन्दा पैसा भन्ने चिज कसरी आउँछ ? कुन रुपबाट आउँछ ? यसको उपयोग कसरी गर्ने भन्ने कुरामा हामी आफैं कन्फ्युज छौं।’

साथै, उनले नेपालमा कानुन बने पनि त्यसको कुनै अर्थ नहुने गरेको बताए। उनले के उदेश्यले बैंक राख्ने, बैंकमा लगानि किन गराउने यो सबै बुझ्न आवश्यक रहेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.