राप्रपा नेपालले भातृ संगठनको रुपमा बनायो राष्ट्रिय लघुवित्त संगठन

डिसी नेपाल
७ जेठ २०८२ १९:४५
128
Shares

काठमाडौं। कमल थापा नेतृत्वको राप्रपा नेपालले लघुवित्तसँग सम्बन्धितहरुको संगठनको रुपमा राष्ट्रिय लघुवित्त संगठन नेपाल गठन गरेको छ। पार्टीको भातृ संगठनको हैसियत दिई निर्माण गरिएको संगठनको अध्यक्षमा सुमित्रा डाँगी (संखुवासभा) रहेकी छिन्।

साथै उपाध्यक्षमा गणेश आचार्य र रामकला बराल (काभ्रेपलाञ्चोक) रहेका छन् भने महासचिवमा राजकुमारी महतो (नवलपुर) रहेकी छिन्। उप–महासचिवमा विजयकुमार ठाकुर (पर्सा), सचिव रामसली तामाङ, कोषाध्यक्ष योजना बराइली, सहायक कोषाध्यक्ष ज्ञानध्वज तामाङ तथा सल्लाहकारमा अनिशा बराल, आरजु केसी र सरोज मैनाली रहेका छन्।

नव गठित कार्यसमितीलाई बधाई सहित सफल कार्यकालको शुभकामना दिँदै पार्टी अध्यक्ष कमल थापाले सहकारी, लघुवित्त र मिटरब्याजको समस्या समाधान राप्रपा नेपालको उच्च प्राथमिकतामा रहेको बताए। गरिब दुखी जनता पिसिएका छन्, पेलिएका छन्, शोषणमा परेका छन् भन्दै थापाले अहिलेको यथास्थितिबाट मुक्ती लिने हो भने आन्दोलन र परिवर्तनको बिकल्प नभएको जिकिर गरे।

थापाले भने, ‘सबै बर्ग, क्षेत्र, समुदायलाई समेटेर हामी आन्दोलनमा जादैँछौ, आन्दोलन शान्तिपुर्ण हुन्छ, सबैको सहयोगको अपेक्षा गरेका छौ, आन्दोलन निर्णायक हुन्छ।’ समितिलाई देशैभरीबाट समेटेर सन्तुलित, समावेशी बनाईने र संगठनले चाडैं नै राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको समेत जनाईएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.