प्रहरी परिसरको गेटबाटै भागेका थुनुवा असनबाट पक्राउ

डिसी नेपाल
७ जेठ २०८२ २२:१०
440
Shares

काठमाडौं। म्याद थप गरेर ल्याउने क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंको गेटबाट भागेका एक जना थुनुवालाई प्रहरीले असनबाट पक्राउ गरेको छ।

यसरी पक्राउपर्नेमा थुनुवामा दोलखाको बैदेश्वर गाउँपालिका–१२ घर भई काठमाडौं महानगरपालिका–२४ नरदेवी बस्ने वर्ष २४ का निशान परियार रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

अभद्र व्यवहार कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थपगरी ल्याउने क्रममा उनी आज १२ः२१ बजेको समयमा जिल्ला प्रहरी परिसर, काठमाडौंको गेट नजिकबाट भागेका थिए।

उनको खोजतलासमा खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं महानगरपालिका–२४ असनको याट्खा टोलबाट आजै साँझ १८ः१८ बजे लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी थप अनुसन्धान भइरहेको बोहराले बताए।

गत वैशाख ३१ गते उनलाई काठमाडौं महानगरपालिका–१५ चमतीबाट पक्राउ गरी अभद्र व्यवहार कसुरमा प्रहरी वृत्त स्वयम्भूबाट अनुसन्धान भइरहेकामा आज यहाँ म्याद थपका लागि ल्याइएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.