जर्मनीको ह्याम्बर्गमा चक्कु आक्रमणमा १७ जना घाइते, एक महिला पक्राउ

डिसी नेपाल
११ जेठ २०८२ १२:४२
264
Shares

काठमाडौं । उत्तरी जर्मनीको ह्याम्बर्ग सेन्ट्रल स्टेशनमा एक महिलाले चक्कु आक्रमण गरेकी छिन्। स्थानीय समय अनुसार साँझ ६ बजेतिर भएको यस आक्रमणमा धेरै जना गम्भीर घाइते भएका छन्।

ह्याम्बर्ग अग्नि नियन्त्रण विभागले आक्रमणमा १७ जना घाइते भएको बताएको छ भने प्रहरीले घटनामा घाइते भएकाहरूको यकिन तथ्याङ्क नभएको बताएको छ।

ह्याम्बर्ग प्रहरीले कारबाही गर्दै ३९ वर्षीया जर्मन महिलालाई घटनास्थलबाटै पक्राउ गर्‍यो।

ह्याम्बर्ग अग्नि नियन्त्रण विभागका प्रवक्ताले समाचार एजेन्सी एएफपीलाई बताएअनुसार १७ जना घाइते भएका छन्, जसमध्ये केहीको ज्यान जोखिममा परेको छ।

एक्समा रहेको एउटा पोस्टमा ह्याम्बर्ग प्रहरीले धेरै मानिसहरू घाइते भएको बताएको छ। प्रहरीले संदिग्ध व्यक्तिले एक्लै यो काम गरेको र उनको कुनै “राजनीतिक उद्देश्य” नभएको बताएको छ।

“उनी मानसिक रूपमा विचलित भएको हुन सक्छ,” प्रहरी प्रवक्ता फ्लोरियन अबेन्सेथले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.