संयोगले शिक्षामन्त्री भए, धेरै कुरा सिक्दैछुः मन्त्री पन्त

डिसी नेपाल
१२ जेठ २०८२ १७:५४
136
Shares

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले संयोगले शिक्षामन्त्रीको जिम्मेवारी सम्हाल्नुपर्ने अवस्था आएकाले धेरैकुरा सिक्नुपर्ने बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित शिक्षा नीति बहस अन्तर्गत उच्च शिक्षाका आयाम विषयक विमर्श कार्यक्रममा उनले संयोगले शिक्षामन्त्री हुन आइपुगेको भन्दै मुलुकको शिक्षा क्षेत्रलाई राम्रो र सुनिश्चित गन्तव्यतर्फ लैजानको लागि शिक्षा विद्हरुको मार्ग दर्शन र सल्लाहको खाँचो भएको बताए।

उनले भने, ‘लामो समय मैंले पत्रकारितामा बिताए। पत्रकार महासंघको महासचिव हुँदै संसदको चुनाव लडेर सांसद हुन आएको मान्छे हुँ। सम्पादकीय र पाठक प्रतिक्रियामा कहिलेकाही धेरै विद्वानहरुले भन्न नसकेको कुरा लेखिएको हुन्छ। त्यस्तो कुरा पाठकले मात्र देख्छ। त्यसकारण म तपाईहरुको पाठक हुँ, विद्यार्थी हुँ। संयोगले मात्र शिक्षामन्त्री हुन आइपुगेको छु। सबैले बाटो देखाइदिनुहोला। मुलुकको शिक्षा क्षेत्रलाई एउटा राम्रो र सुनिश्चित गन्तव्यतर्फ लैजानको लागि मार्गदर्शन र सल्लाहको खाँचो छ।’

यस्तै, उनले जबसम्म बहुलवादलाई सैद्धान्तिक रुपले मान्दैनौ तबसम्म शिक्षा र राजनीतिमा विविधता ल्याउन नसक्ने पनि बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.