राजावादीद्वारा हेटौंडामा विशाल र्यालीसहित जनप्रर्दशन
हेटौंडा। राजावादीहरुले हेटौंडामा विशाल र्याली निकालेर जनप्रर्दशनी गरेका छन्। राजावादी मोर्चाद्वारा आयोजना गरिएको विशाल जनप्रर्दशनीमा हजारौंको सहभागिता रहेको थियो।
करिव १ हजार ५ सय बढी मोटरसाइकलमा १ सय बढी कारको समेत र्यालीमा सहभागिता थियो।
हेटौंडाको सानोपोखरावाट दिउँसो ४ बजे सुरु भएको मोटरसाईकल र्यालीओमभवन, शितलमहल चोक, बसपार्क, एसपी कार्यालय र लोकप्रिय चोक,कमाने,नागस्वती चोक,गौरीटार चोक हुँदै फेरि पार्टी कार्यालयमा पुगेर कोण सभामा परिणत भएको थियो।
जनप्रदर्शनमा राजा ल्याउ देश बचाउ, गणतन्त्र धोका हो राजतन्त्र जिन्दावाद, २०४७ सालको संबिधान लागू गर गणतन्त्र खारेज गर भन्ने नारा सहितको जनप्रर्दशनले हेटौँडा सहित मकवानपुरको मुख्य सडक तताएको थियो। हजारौ मानिस सडकमा उत्रिएपछि हेर्नेहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो।







डिसी नेपाल








Facebook Comment