पोखरा कोटिहोम महायज्ञमा ओजस्वी आचार्यको भावनात्मक सम्बोधन : ‘संस्कार बिर्सदा अस्तित्व नै गुमाउँछौं’

डिसी नेपाल
१४ जेठ २०८२ ११:४४
112
Shares

पोखरा। पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा विशेष वक्ताको रूपमा मन्तव्य दिँदै ओजस्वी आचार्यले सनातन धर्म, संस्कार र समाजको वर्तमान अवस्थामाथि गहिरो चिन्ता प्रकट गरेकी छन्।

उनले आफ्नो सम्बोधनमा हिन्दु धर्मलाई विश्वकै सबैभन्दा पुरानो, वैज्ञानिक र मार्गदर्शक धर्मको रूपमा व्याख्या गर्दै यसले केवल आध्यात्मिक उन्नतिको बाटो देखाउने मात्र नभई वैज्ञानिक अनुसन्धान र मानविय चेतनाको विकासमा पनि महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरेकी हुन्।

उनले भनिन्, ‘आज विश्वकै सबैभन्दा पुरानो र मुलभूत धर्मको रुपमा स्थापित हिन्दु धर्म जसले मानविय सिर्जना मात्र होइन। खोज, अध्यन, अनुसन्धान र वैज्ञानिकको क्षेत्रमा पनि मार्गनिर्देश गरिरहेको छ। आज विश्वभरी नै शान्ति फैलाउन चाहने ति बौद्ध, जयन्त र सिक धर्महरु सनातन संस्कृतिको उपजको रुपमा स्थापित छन्।’

साथै उनले आचार्यले हिन्दु धर्मलाई विश्वकै सबैभन्दा पुरानो, मुलभूत र वैज्ञानिक धर्मको रूपमा चित्रण गर्दै यसले मानव सिर्जनासँगै खोज, अध्ययन र अनुसन्धानको बाटो देखाएको उल्लेख गरिन्।

उनले बौद्ध, जैन र सिक धर्महरूलाई पनि सनातन संस्कृतिको उपज बताउँदै यिनले मानिसलाई क्रोध, हिंसा, घमण्ड र दमनबाट मुक्ति दिलाउने मार्ग प्रदान गरेको उल्लेख गरिन्। उनले आजको समाज वैज्ञानिकताको नाममा संस्कारविहीन बन्दै गएकोप्रति चिन्ता व्यक्त गरिन्।

उनले भनिन्, ‘जसले वौद्धिक प्राणिको रुपमा स्थापित मानिसलाई क्रोध, हिंसा, घमण्ड र दमनबाट मुक्त बनाउँदै संस्कार संस्कृतिहरु गुण र व्यवहारतर्फ लैजान अभिप्रेरित गर्दछन्। आज हामी र हाम्रो समाज खोज अनुसन्धान र वैज्ञानिकको बलमा अनस्थपुर्ण बन्दैछ। पूँजीको चक्रवादमा फसेर आफ्नो घर परिवार समाज समुदाय राष्ट्र र मुलुकलाई भुल्दैछ। मै खाउँ, मै लाउँ, सुखसयल र मोज मै गरु , अरु मरुन् दुर्लभहरु भन्ने भाष्य सिर्जना हुँदैछ।’

यसैगरी उनले वृद्ध अभिभावकलाई वृद्धाश्रममा छोड्ने प्रवृत्तिलाई असंवेदनशील आधुनिकताको क्रूर स्वरुप भन्दै आलोचना गरिन्।

उनले भनिन्, ‘जसलाई आमा सृष्टिको प्रतिक लाग्दैन, जसलाई बुवाको भूमिका जीवनको सुरुवाती सौन्दर्य लाग्दैन, ती व्यक्ति केवल शरीरले मानव होलान्, आत्माले होइन। बुढा भएका बाआमालाई वृद्धाअश्रममा एक्लै छाडेर आफ्नो जिवनको सुन्दरता खोज्ने हिड्ने ति जनावरलाई के थाहा आमा श्रृष्टी हुन् र बुवा जिन्दगीको एउटा त्यस्तो स्वरुप हो जसले जिवनको सुरुवातीलाई सुन्दर बनाइदिन्छ। ति सुन्दरताकै कल्पनामा आफ्ना रहर र आवश्यकतालाई तिलाञ्जली दिन्छ। ’

१८ वर्ष पुगेपछि स्वतन्त्रता खोज्दै कर्तव्य बिर्सनु संस्कार होइन, दम्भ र क्रोधमा आफूलाई स्थापित गर्नु सनातन शिक्षा होइन, भन्दै आचार्यले समाजमा फैलिँदो विकृति, व्यक्तिगत स्वार्थ र मूल्यहीनतालाई गम्भीर चुनौतीको रूपमा चित्रण गरिन्। वर्तमान प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै उनले सनातन संस्कारलाई हेप्दै अगाडि बढ्यौं भने हाम्रो समाज कता पुग्ला? हाम्रो भविष्य कस्तो बन्ला? हाम्रो संस्कृति के बाँकी रहला ? भन्दै गम्भीर प्रश्न उठाइन्।

उनले भनिन्, ‘यही सनातन संस्कृतिलाई अपमान गरेर अवौद्धिक,अवैज्ञानिक र अगुणिको रुपमा स्थापित गर्दै अगाडि बढ्दा हाम्रो समाज कहाँ पुग्ला, हाम्रो भविष्य कस्तो बन्ला ? हाम्रो दर्शन र सनातन र संस्कृतिलाई कस्तो प्रभाव पर्ला ? आज आम नेपालीले सोच्न जरुरी छ। व्यक्तिगत स्वार्थ र पूँजीगतको लोभमा परेर हामी हाम्रो संस्कार र संस्कृति बिर्सिरहेका छौं। हाम्रो अस्तित्व गुमाइरहेका छौं। ’

यसैगरी ओजस्वी आचार्यले सम्पूर्ण नेपाली जनतालाई आफ्नो जरा र संस्कृति फर्केर चिन्ने आह्वान गरिन्।

उनले भनिन्, ‘यदि संस्कार बिस्र्यौं भने अस्तित्व नै गुम्छ। यो केवल धर्मको होइन, हाम्रो सम्पूर्ण सभ्यताको संरक्षणको लडाइँ हो। आज समय छ—हाम्रा संस्कार फर्काउने, हाम्रा मूल्य सम्झने र हाम्रो अस्तित्व जोगाउने। नत्र हामी केवल आधुनिकतामा हराएका स्मृतिहरू बनौंला।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.