राप्रपाका तीन सांसदको पीएसओ खोसियो
ज्ञानेन्द्र शाहीको प्रतिक्रिया- अति गरे खति हुन्छ
काठमाडौं । सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तीन सांसदको व्यक्तिगत सुरक्षा गार्ड (पीएसओ) खोसेको छ। राप्रपा सांसद ध्रुवबहादुर प्रधान, प्रमुख सचेतक ज्ञानेन्द्र शाही र पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहको पीएसओ फिर्ता बोलाइएको हो।
पीएसओ खोसिएसँगै सांसद शाहीले असन्तुष्टी जनाएका छन्। उनले सरकारले पीएसओ खोसिएको विषयलाई सामान्य रुपमा लिइएको समेत बताएका छन्।
‘सरकारलाई यतिमात्रै भन्छु- अति नगर्नू, अति गर्यो भने खति हुन्छ,’ संसद् भवन परिसरमा सञ्चारकर्मीसँग शाहीले भने।
तपाईंहरूको पीएसओ किन खोसियो भन्ने प्रश्नमा उनले त्यसको उत्तर सरकारलाई नै सोध्न भनेका थिए।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment