उपत्यकामा भारी वर्षा
काठमाडौं। काठमाडौं उपत्यकामा भारी वर्षा भएको छ। बुधबार रातिदेखि करिब साढे १० बजेदेखि उपत्यकामा वर्षा सुरु भएको हो।
उपत्यका र आसपासका क्षेत्रमा मेघगर्जन र चट्याङसहित भारी वर्षा भइरहेको छ। यसवर्षको मनसुन नेपाल नभित्रिँदै वर्षा सुरु भएको छ। हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेकोले वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जल तथा मौसम विज्ञान विभागले यस वर्ष यही जेठ १८ गतेदेखि आगामी असोज १४ मनसुन अवधि हुने र गण्डकी प्रदेश, लुम्बिनी प्रदेशको उत्तरी भाग र कर्णाली प्रदेशको पूर्वी भागमा सरदरभन्दा बढी वर्षा हुने बताएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment