न्युजिल्यान्डका उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री डा राणाबीच द्विपक्षीय भेटवार्ता

डिसी नेपाल
१४ जेठ २०८२ २३:३५
104
Shares

काठमाडौं। नेपाल भ्रमणमा रहेका न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्स्टन पिटर्स र परराष्ट्रमन्त्री डा आरजु राणा देउवाबीच बुधबार यहाँ द्विपक्षीय भेटवार्ता भएको छ।

त्यस अवसरमा उनीहरूबीच प्रतिनिधिमण्डलस्तरमा दुई देशका आपसी हितका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। दुई पक्षले आगामी दिनमा आपसी सहयोगका विभिन्न विषयमा दिगो साझेदारीका लागि सहमति गरेका छन्।

भेटपछि परराष्ट्रमन्त्री डा राणाले ऐतिहासिक भेटवार्ता भएको र नेपाल–न्युजिल्यान्डबीच सम्बन्ध थप प्रगाढ बनाउनका लागि सहकार्य गर्न तत्पर रहेको उल्लेख गरिन्। न्युजिल्यान्डका उपप्रधानमन्त्री पिटर्स दुईदिने नेपालको औपचारिक भ्रमणका लागि आजै काठमाडौं आइपुगेका हुन्। उनको यो पहिलो नेपाल भ्रमण हो।

उपप्रधानमन्त्री पिटर्सले आजै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गेरका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.