गणतन्त्रविरुद्ध प्रश्न उठाउने दुस्साहस भइहरको छ, प्रतिवाद गरौं : प्रचण्ड

डिसी नेपाल
१५ जेठ २०८२ १५:०५
216
Shares
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रका विरुद्ध प्रश्न उठाउने दुस्साहस भइरहेको भन्दै आपत्ति जनाएका छन्।
बिहीबार काठमाडौंमा गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले गणतन्त्रका विरुद्ध प्रश्न उठाउने दुस्साहस भइरहेको भन्दै त्यसको प्रतिवाद गर्ने प्रतिवद्धता आजको आवश्यकता रहेको बताएका हुन्।
उनले भने, ‘अहिले गणतन्त्रका विरुद्ध प्रश्न उठाउने एकथरी मानिसले निरर्थक दुस्साहस गरेका छन्। त्यसको प्रतिवाद गर्ने प्रतिवद्धता पनि आजको आवश्यकता हो।’
त्यस्तै उनले गणतन्त्र सबै वर्गको मानिसहरुको योगदानको परिणाम भएको धारणा राखे। संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि फेरी एक पटक आ–आफ्नो ठाउँबाट एकतावद्ध भएर सबैले पहल गर्न जरुरी रहेको उनको भनाइ छ।
‘गणतन्त्र तमाम सांस्कृतिक कलाकार, पत्रकार सबैको योगदानको परिणाम हो। संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि यसमार्फत समाजवादतिरको यात्रा अगाडि बढाउन फेरी एक पटक आ–आफ्नो ठाउँबाट एकतावद्ध भएर पहल गर्न जरुरी छ,’ उनले भने।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.