तलब नबढ्दा कति बढ्यो कर्मचारीको महँगी भत्ता?
काठमाडौं । सरकारले राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि नगरेर महँगी भत्ता मात्र बढाएको छ। यसअघि दुई हजार महँगी भत्ता रहेकोमा सरकारले तीन हजार थप गरेर पाँच हजार पुर्याएको हो।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसद्मा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै यो व्यवस्था २०८२ साउन १ गतेदेखि लागू हुने जानकारी दिए।
‘राष्ट्रसेवकहरूको सेवा–सुविधा समयसापेक्ष बनाउनुपर्ने आवश्यकता बोध भए तापनि स्रोत व्यवस्थापनमा परेको दबाबले गर्दा अपेक्षानुरूप तलब वृद्धि गर्न सम्भव भएन। तथापि, सबै राष्ट्रसेवकहरूका लागि २०८२ साउन १ गतेदेखि लागू हुनेगरी महँगी भत्ता वृद्धि गरी मासिक ५ हजार पुर्याएको छु,’ अर्थमन्त्री पौडेलले भने।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment