बलियो सरकारको कमजोर बजेट : पूर्वअर्थमन्त्री पुन

डिसी नेपाल
१५ जेठ २०८२ १८:४४
188
Shares

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले सरकारले आशा जगाउने खालको बजेट ल्याउन नसकेको बताएका छन्।

बिहीबार सरकारले बजेट प्रस्तुत गरेपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले अर्थतन्त्रलाई समग्र रुपले चलायमान बनाउने ढंगले भन्दा पनि नियमित ढंगले बजेट आएको बताए।

उनले भने,‘अर्थतन्त्रलाई समग्र रुपले चलायमान बनाउने ढंगले भन्दा पनि जस्तो छ नियमित गरौं भन्ने खालको नियमित बजेटको रुपमा आएको छ। बलियो सरकार छ, तर आशा जगाउन सकेन। बलियो बजेट आउनुपर्ने हो त्यस्तो बलियो देखिएन। छरिएर आएको छ।’

त्यस्तै उनले करको विषयमा भने विद्युतीय गाडीमा निरन्तरता गरेर पर्यावरण संरक्षणका कुराले पनि राम्रो काम भएको धारणा राखेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.