प्रेस काउन्सिलद्वारा मिडियाको इतिहास प्रकाशन

डिसी नेपाल
१५ जेठ २०८२ २१:४६
48
Shares

काठमाडौं। प्रेस काउन्सिल नेपालले नेपाली मिडियाको सबै विधा समेटिएको अनुसन्धानात्मक पुस्तक तयार पारेको छ। नेपाली मिडियाको इतिहास, छापादेखि डिजिटलसम्म नामक उक्त कृति शुक्रबार सार्वजनिक हुने भएको काउन्सिलले जनाएको छ।

गोरखापत्रभन्दा अघिको पर्चाको इतिहासदेखि वर्तमान डिजिटल मिडिया समेट्ने उक्त पुस्तक सात जना विज्ञले करिब एक वर्षको अध्ययन, अनुसन्धानपछि तयार पारेको काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले जानकारी दिए।

मिडियाका विभिन्न विधागत विज्ञ, विश्वविद्यालयका अध्यापकसहितलाई सहभागी गराई नेपाली मिडियाको इतिहासदेखि वर्तमानसम्म झल्कने दस्तावेज तयार भएको उनले बताए। सबै विधागत विषय समेटिएको यो प्रकाशन नेपाली मिडिया जगतमा नौलो र पहिलो नै हुने दाबी गरिएको छ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले एउटै पुस्तकमा हिजोदेखि आज र भोलिलाई समेत आधारशीला हुने मिडियाको दस्तावेज अभाव भएर यो प्रकाशन गरिएको जानकारी दिए। ‘पहिले लिपिवद्ध भएका कृतिहरु विधागत रुपमा बेग्ला बेग्लै थिए। ती मध्ये पनि कतिपय अनुसन्धानात्मक चरित्र बोकेका थिएन। पछिल्ला न्यू मिडिया समावेश भएका अनुसन्धानात्मक विषयसहितको कृतिको त अभाव हुने नै भयो। यही अभाव र शून्यता हटाउने प्रयास स्वरुप यो कृति प्रकाशन भएको हो’, अध्यक्ष बस्नेतले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.