सगरमाथालाई सफा राख्ने प्रयासलाई निरन्तरता दिनुपर्छः प्रधानमन्त्री

डिसी नेपाल
१५ जेठ २०८२ २२:४०
40
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको सर्वोच्च शिखर सगरमाथालाई अभियानका रुपमा सफा राख्ने प्रयासलाई निरन्तरता दिनुपर्ने बताएका छन्।

बहत्तरौँ अन्तरराष्ट्रिय सगरमाथा दिवस र विश्व शिखर आरोही सम्मेलनमा बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सगरमाथा क्षेत्रमा देखिएको फोहरमैलाको समस्या समाधानका लागि विद्यमान कानुनी व्यवस्थामा परिमार्जन गर्ने प्रक्रियामा सरकार रहेको पनि जानकारी गराए।

प्रधानमन्त्री ओलीले सगरमाथामा जसले फोहर गर्छ, उसैले सफा गर्नुपर्ने नियम बनाउनुपर्ने बताउँदै त्यसका लागि राष्ट्रियसभामा विधेयक दर्ता भइसकेकाले सरोकार भएका पक्षबाट त्यसलाई अझ परिस्कृत बनाउन सुझाव आउने अपेक्षा व्यक्त गरे।

प्रधानमन्त्री ओलीले सगरमाथालाई सुन्दर र सुरक्षित राख्नुपर्नेमा जोड दिँदै शेर्पाहरुले माथि लगिदिइहाल्छन् भन्ने सोचले जो कोही पनि सगरमाथा आरोहण गर्ने हावी भएको उल्लेख गरे। उनले लागुऔषध सेवन गरेर सगरमाथा चढ्ने भन्ने कुरा पनि आफूले सुनेकाले त्यस्तो खेलबाड नगर्न आग्रह पनि गरे।

स्वदेश र विदेशका कीर्तिमानी आरोहीलाई सम्मान गरिएको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलगायत उपस्थित थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.